काभ्रेको कुतालमा छ्योर्तेन निर्माण | Khabarhub Khabarhub

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ । 

तामाङ समुदायको बाहुल्यता रहेको सो स्थानमा युवाको सक्रियतामा धार्मिक तथा पितृकर्म गर्ने पवित्रस्थल छ्योर्तेन निर्माण गरिएको स्थानीय कुमारसिंह तामाङले बताए । 

सो ठाउँमा करिब ६० घरधुरी बौद्धमार्गी तामाङको बसोबास छ । तामाङका अनुसार त्यहाँ धार्मिक आस्थाअनुसारको पवित्रस्थल नभएका कारण धार्मिक तथा पितृकर्म गर्न समस्या भइरहेको थियो । त्यही समस्यालाई मध्यनजर गरी प्रगति युवाक्लब गठन गरेर छ्योर्तेन निर्माण गरिएको उहाँको भनाइ छ । 

‘विनाबजेटमा गाउँमाथि रहेको चिहानघाटमा बनाएका अधुरा संरचना निर्माणका काम सुरू गर्‍यौँ । त्यसका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग पनि जुटायौँ । श्रमदानबाट जगको फाउण्डेशन तयार गरी छ्योर्तेन निर्माणको काम आधाउधी पुगेपछि नगरपालिकाबाट समेत बजेट विनियोजना भएपछि सम्पूर्ण कार्य गर्न सहज भयो’, तामाङले बताए।

धुलिखेल नगरपालिका–३ का वडाध्यक्ष गणेश आचार्यले तामाङ समुदायको बाहुल्यता रहेको सो बस्तीका युवाले थालनी गरेको काममा नगरपालिकाबाट सात लाख ५० हजार सहयोग गरिएको बताए। 

सो संरचना निर्माणका लागि हालसम्म ११ लाख खर्च भइसकेको र यही वैशाखमा पर्ने बुद्धजयन्तीको अवसर पारेर उद्घाटन गर्नेगरी अन्तिम चरणका काम भइरहेका ‘बोधि चैत्य ज्याङ्छ्युक छ्योर्तेन’ निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ तामाङले जानकारी दिए। 

बुद्धको चित्तको स्वरुप मानिने छ्योर्तेनलाई बौद्धमार्गीहरुले धर्म सञ्चय गर्ने पवित्रस्थलका रुपमा लिने गर्दछन् । भक्तिभाव र शुद्ध मनका साथ छ्योर्तेन परिक्रमा गर्दा पाप नष्ट हुने र मनले चाहेको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  २ : २४ बजे

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौँ – राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था

कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस दैलेखका

पूर्वराष्ट्रपतिबारे शंकर पोखरेल- पार्टीले सम्मान गर्दा पनि उहाँले आफ्नो गरिमा भुल्नुभयो

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका

प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो काम : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

दोधारा चाँदनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष

नेपालको प्रविधि रूपान्तरणका लागि साझा दृष्टिकोण निर्माण सम्बन्धी कार्यशाला 

काठमाडौं– नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई