अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह | Khabarhub Khabarhub

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ । 

विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सरोकारवालाहरूले कतारका अमिरको भ्रमणका अवसरमा भैरहवा-कतार हवाई उडानका लागि पहल गर्न आग्रह गरेका हुन् । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले कतारका अमिरको भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलमा भैरहवा–कतार हवाई उडान भर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्न आग्रह गरे । 

‘भैरहवाबाट कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडान भर्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर हुनसक्छ । त्यसैले यो विषयलाई प्राथमिकताका साथ उठाएर भैरहवा–दोहा उडानका लागि पहल गर्न सरकारसँग हाम्रो आग्रह छ’, श्रेष्ठले भने । 

सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष एवं होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पनि सरकारले कतारका अमिरको भ्रमणमा भैरहवा–कतार हवाई उडानको प्रस्ताव राख्न आग्रह गरे । 

भैरहवा–कतार उडान भए निजी क्षेत्रमा आशा बढ्नुका साथै भैरहवा आसपासमा आर्थिक गतिविधि बढ्न गई देशलेसमेत उल्लेख्य लाभ लिनसक्ने श्रेष्ठको भनाइ छ । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  २ : ४१ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ