इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित | Khabarhub Khabarhub

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय समुदायले प्रतिद्वन्द्वी क्षेत्रहरूमा लडाकूहरू संलग्न हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । 

‘अप्रिल १३-१४ पछि टाइग्रे र छिमेकी अमहाराले दाबी गरेको अलामाता टाउन र राया अलामाता, जाटाओफलामा सशस्त्र झडपहरूबाट विस्थापित मानिसको सङ्ख्या ५० हजारभन्दा बढी भएको छ’, स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रसङ्घले भनेको छ, ‘मानवीय अवस्था गम्भीर छ, हजारौँ महिला र बालबालिकालाई बाँच्नका लागि व्यापक मानवीय सहायताको आवश्यकता छ ।’

इथियोपियाको सरकार र क्षेत्रीय टाइग्रेयन अधिकारीहरूबीच दुई वर्षको युद्धमा अमहारा बलले दक्षिणी टाइग्रेमा राया अलमाता कब्जा गरेका छन् । 

प्रधानमन्त्री अबी अहमदी सरकार र टाइग्रेयन अधिकारीहरू बिचको शान्ति सम्झौताअन्तर्गत सङ्घर्षका क्रममा सङ्घीय सेनालाई समर्थन गरेको अमहारा सेनाले सन् २०२२ नोभेम्बरमा प्रिटोरियामा सम्झौतामा हस्ताक्षरपछि राया अलमाताबाट फिर्ता हुनुपर्ने थियो ।

संघीय सरकार र टिग्रेयन अधिकारीहरूले उत्तरी इथियोपियामा मिडियाको पहुँचमा कडा प्रतिबन्ध लगाइएको हुनाले स्वतन्त्र  अवस्थालाई प्रमाणित गर्न असम्भव छ ।

संयुक्त राज्य अमेरिका, जापान, बेलायत र फ्रान्सलगायत धेरै राष्ट्रका दूतावासहरूले शनिबार वार्ताको आह्वान गर्दै नागरिकको  सुरक्षा गर्न आग्रह गरेका छन् । 

युद्धको सुरुआती समयमा अमहारा सेनाहरूले पश्चिमी टिग्रे कब्जा गरी नियन्त्रणमा लिँदा विवादित दुवै क्षेत्रहरूले दावी गरेका छन् ।

इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको क्षेत्र अमहारा सन् २०२३ अप्रिलदेखि द्वन्द्वग्रस्त छ भने संघीय सरकारको देशका क्षेत्रीय सेनाहरूलाई ध्वस्त पार्ने निर्णयले द्वन्द्व निम्त्याएको थियो ।  

टिग्रे शान्ति सम्झौताबाट विश्वासघात भएको महसुस गरिसकेका अमहारा राष्ट्रवादीहरूले यो कदमले आफ्नो क्षेत्रलाई कमजोर पार्ने बताएका छन् । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ०३ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम