उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त « Khabarhub

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका बुवा चक्र भण्डारीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । 

पार्टी महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गरी बुवा चक्र भण्डारीको निधनले  शोकमा परेका दमन भण्डारी र सपरिवारमा गहिरो समवेदना व्यक्त गरेका हुन्।  

‘यही वैशाख १५ गते प्रदेशसभा सदस्यका लागि बझाङ-१ मा हुन गइरहेको निर्वाचनमा उम्मेदवार रहनुभएका कमरेड दमनको निर्वाचन प्रचारको क्रममा बुबाको निधनबाट केही व्यवधान हुन गएको छ’, शोक वक्तव्यमा भनिएको छ, ‘यस विषम परिस्थितिमा चुनाव प्रचारप्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन सिङ्गो पार्टी पङ्क्तिलाई हार्दिक अनुरोध गर्दछु ।’

बाजुरा जिल्ला कमिटीका अध्यक्षसमेत रहनु भएका भण्डारीका बुवा चक्र भण्डारीको आज बझाङको छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारी गाउँमा निधन भएको एमालेले जनाएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : १० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ