कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए « Khabarhub

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली स्वदेश फर्किएको छ ।

बैशाख ७ देखि ८ गतेसम्म भारतको केरलामा भएको उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पदक विजेता खेलाडीसहितको टोलीलाई भेट गरी बधाइ दिएका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल सङ्घहरूले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गरिने बताए ।

नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समुहमा र दिक्षा मगरले ४४ केजी समुहमा स्वर्ण पदक जितेका छन् । त्यसैगरी दिपिका अचाजुले ८७ केजी समुहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समुहमा र अर्जुन क्षेत्रीले ६० केजी समुहमा रजत पदक जितेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : १२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार