भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध | Khabarhub Khabarhub

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा दुई सय मिटर जैविक तटबन्ध निर्माण थालिएको छ । शुक्लाफाँटा–२ रानीपुर र वडा नं ३ को पिपलाडीमा जैविक तटबन्ध निर्माण अघि बढाइएको हो ।

नगरपालिकासँगको सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत जैविक तटबन्ध निर्माण सुरु भएको छ । वडा नं २ मा एक सय मिटर र वडा नं ३ मा एक सय मिटर बाँसको प्रयोग गरी जैविक तटबन्ध निर्माण थालिएको परियोजनाका संयोजक महेश घिमिरेले बताए । “जैविक तटबन्ध जग्गा कटानी रोक्न प्रभाकारी हुँन्छ”, उनले भने ।

हल्दुघाट सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत तटबन्ध निर्माणको कार्य भइरहेको छ । वडा नं २ रानीपुरमा सनवोरा सामुदायिक विपद् व्यवस्थापन समितिले तटबन्ध निर्माणको काम गरिरहेको संयोजक घिमिरेले जानकारी दिए ।

दुवै ठाउँमा जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाको रु एक लाख ८० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ५४ हजार र परियोजनाका तर्फबाट रु ९२ हजार लगानी गरिएको छ ।

जैविक तटबन्ध निर्माणका लागि जनताको तटबन्ध कार्यालयबाट चार हजार दुई सय प्लास्टिकका बोरा उपलब्ध गराइएको छ । तटबन्ध निर्माणमा स्थानीय बासिन्दाले जनश्रमदान गरेका छन । तटबन्धबाट तीन सय परिवारको जग्गा जोगिने छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १० : ३९ बजे

कुलमान भन्छन्‌ – लोडसेडिङ हटेपनि धेरै क्षेत्र अँध्यारोमै !

सर्लाही – नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले

संसद्को अवरोध अनावश्यक बखेडा : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अनावश्यक रुपमा बखेडा झिकेर संसद् अवरुद्ध

नेपाल र कम्बोडिया व्यापार बढाउन एफएनसीसीआइ र क्याम्फेबाबीच समझदारीपत्र

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र कम्बोडियन फेडेरेसन

पत्रकार नारायण अर्याल पक्राउ

काठमाडौं– नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ ।

विश्व च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले तीन खेलको ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्दै

काठमाडौं- नेपालले यही सेप्टेम्बरमा पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग