भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध « Khabarhub

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा दुई सय मिटर जैविक तटबन्ध निर्माण थालिएको छ । शुक्लाफाँटा–२ रानीपुर र वडा नं ३ को पिपलाडीमा जैविक तटबन्ध निर्माण अघि बढाइएको हो ।

नगरपालिकासँगको सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत जैविक तटबन्ध निर्माण सुरु भएको छ । वडा नं २ मा एक सय मिटर र वडा नं ३ मा एक सय मिटर बाँसको प्रयोग गरी जैविक तटबन्ध निर्माण थालिएको परियोजनाका संयोजक महेश घिमिरेले बताए । “जैविक तटबन्ध जग्गा कटानी रोक्न प्रभाकारी हुँन्छ”, उनले भने ।

हल्दुघाट सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत तटबन्ध निर्माणको कार्य भइरहेको छ । वडा नं २ रानीपुरमा सनवोरा सामुदायिक विपद् व्यवस्थापन समितिले तटबन्ध निर्माणको काम गरिरहेको संयोजक घिमिरेले जानकारी दिए ।

दुवै ठाउँमा जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाको रु एक लाख ८० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ५४ हजार र परियोजनाका तर्फबाट रु ९२ हजार लगानी गरिएको छ ।

जैविक तटबन्ध निर्माणका लागि जनताको तटबन्ध कार्यालयबाट चार हजार दुई सय प्लास्टिकका बोरा उपलब्ध गराइएको छ । तटबन्ध निर्माणमा स्थानीय बासिन्दाले जनश्रमदान गरेका छन । तटबन्धबाट तीन सय परिवारको जग्गा जोगिने छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १० : ३९ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र