सन्दीपलाई भिसाका लागि ज्ञानेन्द्र शाही र पारसले भेटे गृह र खेलकुद मन्त्री | Khabarhub Khabarhub

सन्दीपलाई भिसाका लागि ज्ञानेन्द्र शाही र पारसले भेटे गृह र खेलकुद मन्त्री


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाको भिसाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विभिन्न मन्त्रीलाई भेटेका छन् ।

टी-२० विश्वकप क्रिकेट खेल्न तयार रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि पहल गरिदिन माग गर्दै राप्रपा प्रमुख सचेतक शाहीले क्यान सचिव खडका साथमा लिएर विभिन्न मन्त्रीलाई भेटेका हुन् ।

उनीहरू दुवैजनाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटेर छलफल गरेका छन् ।

शाहीका अनुसार यसबारेमा प्रधानमन्त्रीको सचिवालयलाई पनि टेलिफोन गरेर भिसाका लागि पहल गर्न आग्रह गरिएको बताएका छन् ।

सन्दीपलाई बुधवार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । उक्त कुराको पुष्टि सन्दीप आफैंले सामाजिक सञ्जालबाट गरेका थिए ।

सन् २०१९ मा अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले सामाजिक सञ्जालमा लेखेपछि दूतावासले बोलाएर दिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १२ : १९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका