महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा « Khabarhub

महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ ।

आगामी जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा महिला एशिया कप हुँदै छ । प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।

क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोडार, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खदिया, अप्सरा बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरति महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ रहेका छन् ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।  प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १ : ०४ बजे

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का

प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा पुगेर ज्ञात–अज्ञात सहिदहरूप्रति

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने