पानी माग्दै मधेसदेखि पैदलै २५ दिनमा काठमाडौं (तस्बिरहरू) « Khabarhub

पानी माग्दै मधेसदेखि पैदलै २५ दिनमा काठमाडौं (तस्बिरहरू)


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चुरे संरक्षणको मागसहित मधेश प्रदेशबाट सर्वसाधारणको एउटा समूह बिहीबार काठमाडौं आइपुगेको छ ।

चुरे अत्यधिक दोहनका कारण वनविनाश हुँदा मधेश प्रदेशसहित तराईका जिल्लामा पानीको हाहाकार भएका महिलाहरूसहितको एउटा समूह संघीय सरकारसँग गुहार लगाउँदै आएको हो ।

चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा निस्किएको २३ जनाको टोली २५ औं दिनमा बिहीबार काठमाडौं आइपुगेको हो ।

उनीहरू गत वैशाख १७ सप्तरीबाट पैदल यात्र सुरु गरेर २५ औँ दिनमा काठमाडौं आइपुगेपछि माइतीघर मण्डलमा धर्ना बसेका छन् ।

गतवर्ष पनि यही मागसहित उनीहरू ११ दिन हिँडेर काठमाडौं आइपुगेका थिए ।

त्यसबेला भएको सहमति सरकारले पालना नगरेपछि आफूहरू फेरि आन्दोलनसहित झकझकाउन आइपुगेको उनीहरू बताएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ४ : २७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी