सगरमाथा आरोहणकाक्रममा केन्याली नागरिकको मृत्यु « Khabarhub

सगरमाथा आरोहणकाक्रममा केन्याली नागरिकको मृत्यु


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो ।

बुधबार रातिे सगरमाथा चुचुरो नजिकै ९८,८३० मिटर० उहाँ मृता वस्थामा भेटिनुभएको थियो । मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए ।

उनी २० मे का दिन तेस्रो शिविरमा पुगेका थिए । २१ मेका दिन चौथो शिविर पुगेका उनीहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे÷नगरेको यकिन नभएको समेत विभागले जनाएको छ ।

बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो ।सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ९ : २७ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल