सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ « Khabarhub

सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रित गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजन बजेटको सन्दर्भमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको बजेट न्यून रहेको भन्दै सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रित गरेको बताएका हुन् ।

उनले मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

बजेटमार्फत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन भएको तथा मूलपानी क्रिकेट रङ्गशालाका लागि ५० करोड रुपैयाँ रकम व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले सबैको सुझावका आधारमा खेलकुद ऐन संशोधनको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले स्थानीयस्तरबाटै खेलकुदका तालिम प्रदान गर्न खेलकुदका प्रशिक्षक खटाइएको, बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको पनि बताए ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पदक जितेर आउने बित्तिकै बैङ्कखातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : ४६ बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका