बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैन : शिक्षामन्त्री श्रेष्ठ « Khabarhub

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैन : शिक्षामन्त्री श्रेष्ठ


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा नयाँ कार्यक्रमका लागि निकै कम बजेट रहेको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयका लागि छुट्टाएको बजेटमध्ये करिब ९३ प्रतिशत अनिवार्य दायित्वमा खर्च हुने भन्दै बचेको केही रकम मात्रै नयाँ कार्यक्रमका लागि छुट्टाइएको बताएकी हुन् ।

सार्वजनिक विद्यालयहरूको रूपान्तरण लगायतका धेरै प्रभावकारी कार्यक्रमहरूको सुरुवात आगामी आर्थिक वर्षदेखि सुरु हुने उनको भनाइ छ ।

उनले शिक्षा क्षेत्रमा देखिएका नीतिगत समस्या समाधानका लागि नयाँ शिक्षा ऐन सम्बन्धी विधेयक सदनमा विचाराधीन रहेको जानकारी दिइन्।

मन्त्री श्रेष्ठले शिक्षकहरू प्रशासनको उच्चतम विन्दु रहेकाले दलीय आबद्धताबाट टाढा लैजानुपर्ने बताइन् । सामुदायिक र निजी क्षेत्रका विद्यालयको पढाइमा गुणस्तर फरक छ भन्ने भाष्य जबरजस्ती बनाइएको भन्दै उनले सामुदायिक विद्यालयको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ०३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका