नौमती बाजा बजार संस्कृति संरक्षण र आयआर्जन गर्दै दमकका महिला « Khabarhub

नौमती बाजा बजार संस्कृति संरक्षण र आयआर्जन गर्दै दमकका महिला


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दमक नगरपालिकाका महिला परम्परागत नौमती बाजा बजाउने पेसामा जोडिन थालेका छन् ।

आयआर्जनमा जोड्दै संस्कृति संरक्षणमा समेत योगदान पुर्याउने उद्देश्यले स्थानीय सरकारले प्रोत्साहन गरेपछि यहाँका महिला यसतर्फ आर्कषित हुँदैगएका हुन् । दमकमा महिलाहरुका चारवटा नौमती बाजा समूह बनाइएका छन् । गत आर्थिक वर्षदेखि सुरु भएको यस अभियानमा नगरका ५० महिला आबद्ध भएका छन् ।

दमकको वडा नम्बर १० मा गत आर्थिक वर्षदेखि नै १० जना रहने गरी सङ्गम नौमती बाजा समूह गठन गरेर तालिम प्रदान गरिएको स्थानीय कल्पना अधिकारीले जानकारी दिए । यो समूहले बाजा बजाएरै आम्दानी गर्न थालिसकेको उनले बताए ।

दमक १० की वडा सदस्य भूमिका आचार्यले एउटा कार्यक्रममा बाजा बजाएवापत समूहले रु २५ हजारसम्म लिने गरेको बताए । कार्यक्रममा आकर्षण बढाउन धेरैको रोजाइमा महिलाको यो नौमती बाजा समूह पर्न थालेको पनि उनले बताए ।

“असार महिनामै तीनवटा कार्यक्रम निर्धारण भइसकेका छन्, मङ्सिरमा हुने शुभ विवाह तथा ब्रतबन्धका लागि अग्रिमरुपमा समूहसँग समय लिनुपर्ने हुन्छ । यसले महिलालाई आयआर्जनका साथै संस्कृति संरक्षणमा समेत सहयोग पुगेको छ”, आचार्यले भने ।

सोही वडाका अध्यक्ष राजेन्द्र भण्डारीले यहाँका महिला सक्रिय भएपछि शुभकार्यमा टाढाबाट बाजा बजाउने मान्छे खोज्नुपर्ने बाध्यता विस्तारै हट्दै भएको बताए ।

आयोजक व्यक्ति वा संस्थाले कार्यक्रमका लागि औपचारिक निम्तो दिएपछि नौमती बाजा समूहले सर्तअनुसार बाजा बजाउने र त्यसबाट आएको रकम समूहमा महिलालाई पारिश्रमिक स्वरुप दिने गरेका छन् ।

दमकको ३ नम्बर वडामा गठन गरिएको नारी सशक्तीकरण समाजले नौमती बाजा समूह बनाएर काम गरिरहेको छ । दमक नगरपालिकाबाट तालिमप्राप्त यो समूह सार्वजनिक कार्यक्रमका लागि तयारी अवस्थामा रहेको समाजकी अध्यक्ष लता चापागाईंले बताए ।

दमकको वडा नं ८ र ५ का महिलालाई संगठित गरी १५ दिने तालिम सञ्चालन गरिएको छ । तालिममा दुवै वडाका २२ जना महिला सहभागी रहेका वडा नम्बर ५ का अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।

नगरप्रमुख रामकुमार थापाले महिलालाई आयआर्जनमा जोड्न नौमती बाजा बजाउने तालिमबाट परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उपप्रमुख रेगिना भट्टराई (प्रसाईं) पनि व्यावसायिक सीप सिकाएर महिलालाई आयआर्जनमा जोड्न सके नगरको समृद्धिमा टेवा पुग्ने बताउँछन् ।

“बेराजगार रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउनुका साथै परम्परागत संस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने भएकाले नगरले वडा कार्यालयमार्फत यस्ता कार्यक्रम गरिरहेको छ । पक्कै पनि उहाँहरुले सीप सिकेर आर्जन गर्न थालेमा नगरको समृद्धिमा टेवा पुग्नेछ”, उनले भने।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : १८ बजे

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा

इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड

तेहरान– इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको