भारतमा मोबाइल फोन र आयातित सुन-चाँदीको मूल्य घट्ने « Khabarhub

भारतमा मोबाइल फोन र आयातित सुन-चाँदीको मूल्य घट्ने


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले नयाँ बजेट ल्याएको छ । बित्तमन्त्री निर्मला सीतारमणले नयाँ युनियन बजेट संसद्मा वाचन गरिरहेकी छन् ।

बजट घोषणासँगै कयौँ बस्तु महंगिएका छन् भने केही सस्तिएका छन् ।

सीतारमणले नरेन्द्र मोदी नेतृत्वको तेस्रो कार्यकालको बजेट ल्याएकी हुन् । यसमा सीतारमणले कयौँ अहम उत्पादनमा कर बढाउने र घटाउने घोषणा गरेकी छन् ।

के के सस्तो हुने भए ?

क्यान्सरसँग सम्बन्धित तीन औषधिको भन्सार शुल्क हटाइएको छ । एक्सरे ट्युब र फ्ल्याट प्यानल डिटेक्टरको आयात शुल्क पनि हटाइएको छ ।

मोबाइल फोन र पार्ट्स- पीसीबी र मोबाइल फोन चार्जरको भन्सार शुल्क पनि १५ प्रतिशत घटाइएको छ ।

२५ आवश्यक खनिजमाथिको सीमा शुल्क यथावत छ ।

सोलर सेल र सोलर प्यानल निर्माण गरिने वस्तुको करमा छुट दिइएको छ ।

सुन र चाँदीमा लगाइएको सीमा शुल्क घटाएर ६ प्रतिशतमा झारिएको छ ।

प्लाटिनममाथि सीमा शुल्क घटाएर अब ६.४ प्रतिशत बनाइएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ४८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा