बेलायतको जलवायु रणनीति अदालतको छानबिनमा « Khabarhub

बेलायतको जलवायु रणनीति अदालतको छानबिनमा


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती सरकारले जलवायु परिवर्तनको सम्भावित प्रभावहरूबाट मानिस, सम्पत्ति र पूर्वाधारको रक्षा गर्न असफल भएकोमा अभूतपूर्व कानुनी चुनौतीको सामना गरिरहेको छ । 

मंगलबार वातावरणीय अभियानकर्ताहरू ‘पृथ्वीका साथीहरू’ र अन्य दुई व्यक्तीहरुले बढ्दो तापक्रमबाट आफू प्रभावित भएको भन्दै लण्डनको उच्च अदालतमा मुद्दा दायर गरेका छन् । यस प्रकारको मुद्दा बेलायतमा पहिलो हो । 

पृथ्वीका साथीहरू र सह–दावीकर्ताहरूले बढ्दो तापक्रम, बाढी वा तटीय क्षरणबाट जोगाउन बेलायतको राष्ट्रिय अनुकूलन कार्यक्रम अपर्याप्त र गैरकानूनी रहेको भन्दै अदालतसमक्ष तर्क गरेका छन् । 

‘बेलायतको कानुनी इतिहासमा पहिलोपटक  उच्च अदालतले जलवायु परिवर्तनलाई अनुकूल बनाउने सरकारको नीति वैधानिक छ कि छैन भनेर निर्धारण गर्नुपर्नेछ, जसमा हाम्रो पक्षको मानव अधिकार उल्लङ्घन भएको छ वा छैन भन्ने कुरा पनि समावेश रहेको छ’, वकिल रोवान स्मिथले भने। ‘यो जलवायु परिवर्तन सम्बन्धी एक ऐतिहासिक घटना हो ।’  

सन् २०२३ को जुलाई देखि लागू भएको पछिल्लो राष्ट्रिय अनुकूलन कार्यक्रम (एनएपी३) प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ।  यसले सरकारको जलवायु अनुकूलन लक्ष्यहरू साथै तिनीहरूलाई पूरा गर्ने र प्रभावित हुन सक्ने समुदायहरूको संरक्षण गर्ने योजना र नीतिहरू निर्धारण गर्दछ । 

दावीकर्ताका वकिलहरूले एनपी३ का नीतिहरू सन् २००८ को  जलवायु परिवर्तन सम्बन्धी ऐनसँग बाझिएको दाबी गरेका छन् । 

यो ऐनले कार्बन डाईअक्साइड उत्सर्जन र अन्य ग्रिनहाउस ग्यासहरूको कटौतीजस्ता विषयवस्तुलाई समावेश गरेको छ । यसले जलवायु परिवर्तनसम्बन्धी जोखिम सामना गर्न र प्रतिक्रिया दिन बेलायती दृष्टिकोण निर्माण गरेको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ३८ बजे

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान

इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ

काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुर्खेतमा भएको इनिशा

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका