अक्षयको फिल्म 'खेल खेल मे'ले 'स्त्री २'सँग प्रतिस्पर्धा गर्ने पक्का | Khabarhub Khabarhub

अक्षयको फिल्म ‘खेल खेल मे’ले ‘स्त्री २’सँग प्रतिस्पर्धा गर्ने पक्का


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अक्षय  कुमारको मुख्य भूमिका रहेको फिल्म ‘खेल खेल मे’ अगस्ट १५ बाट प्रदर्शनमा आउने भएको छ‍ । उनले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । 

उक्त पोस्टरमा अक्षय कुमार फिल्मका बाँकी कलाकारसँग हाँसेको देख्न सकिन्छ । पोस्टरको केन्द्र भागमा अक्षय छन् । उनीसँगै अन्य कलाकार तापसी पन्नु, वाणी कपूर, फरदीन खान, एमी विर्क, आदित्य सिल र प्रज्ञा जैसवाल हसिलो मुद्रामा देखिएका छन् । 

पोस्टर सार्वजनिक गर्दै अक्षयले लेखेका छन्, ‘यो वर्षकै ठूलो पारिवारिक मनोरञ्जन फिल्मलाई हेल्लो भन्नुहोला ।’ यो भनाइसँगै उनले दर्शकलाई नयाँ कमेडी फिल्म दिन लागेको प्रष्ट भएको छ । 

यससँगै फिल्म ‘खेल खेल मे’ले हलमा ‘स्त्री २’सँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।  ‘स्त्री २’मा श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठीको मुख्य भूमिका रहेको छ ।  यही मितिमा अन्य फिल्महरू पनि प्रदर्शनमा आउने सम्भावना छ ।  तर अन्य फिल्महरूले औपचारिकरूपमा प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ५० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका