रविको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन : मुकुल ढकाल « Khabarhub

रविको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन : मुकुल ढकाल

‘रास्वपालाई ठग, भ्रष्ट र अपराधीको कब्जाबाट मुक्त गराएरै छाड्छु’


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्।

पार्टीले भदौ ५ गते सोधेको स्पष्टीकरणको जवाफ फर्काउँदै उनले सामाजिक सञ्जालमा यस्तो आक्रोश पोखेका हुन्। उनले रास्वपालाई ठग, भ्रष्ट र राहदानी दुरुपयोग गर्ने अपराधीको कब्जाबाट मुक्त गर्ने बताएका छन्। ढकालले आफूलाई गलत सावित गर्नसमेत सभापति लामिछानेलाई चेतावनी दिएका छन्। राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुने उनको भनाइ छ।

उनले फेसबुकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ सार्वजनिक गर्दै लेखेका छन्, ‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु। कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्। तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ११ : २० बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले