मधेस सरकारसँग ४ बुँदे सम्झौता पश्चात् युवाले तोडे अनशन, मुख्यमन्त्रीले खुवाए जुस « Khabarhub

मधेस सरकारसँग ४ बुँदे सम्झौता पश्चात् युवाले तोडे अनशन, मुख्यमन्त्रीले खुवाए जुस


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नयाँ कमला पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरूको अनशन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर तोडाएका छन् ।

अनशनमा बसेका युवाहरूसँग मधेस सरकारले ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरू अनशन तोड्न तयार भएका थिए । सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरूलाई जुस खुवाउँदै अनशन तोडाएका हुन् ।

मधेस सरकार नयाँ कमला पुल निर्माण गर्न प्रदेश सरकार तयार रहेको भन्दै अनशनमा बसेका युवाहरूसँग सम्झौता गरेको हो ।

यसका साथै नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट बेहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सम्झौता गरिएको हो ।

नयाँ कमला पुल निर्माणको माग गर्दै भदौ ४ गते देखी युवाहरू सामूहिक रूपमा आमरण अनशनमा बसेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : ०१ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि