ठूला दलको समीकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ : गृहमन्त्री लेखक « Khabarhub

ठूला दलको समीकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ : गृहमन्त्री लेखक


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जनकपुर– गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समीकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दाबी गरे ।

१८ वर्षदेखि सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुग्न सकी रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिँदा सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय निष्कर्षमा पुर्‍याउन सफल भएको बताए । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाई थियो ।

गृहमन्त्री लेखकले कांग्रेस र एमाले एक ठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरूलाई समाधान गर्ने अभिप्रायले यो समीकरणको निर्माण गरिएको बताए ।

उनले  ‘केही दिनमै समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रूपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गर्‍यो ।’ अगाडी भने, ‘अहिले निर्माण गरिएको नयाँ समीकरण मुलुकका लागि निर्विकल्प छ, यो समीकरण निष्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : १३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको