केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु « Khabarhub

केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ ।

बिहीबार राति परेको भारी वर्षापछि रुद्रप्रयागमा पर्ने फाटा हेलिप्याड नजिकै गएको पहिरोमा परेर चार नेपालीको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरूले जिल्ला आपदा प्रबन्धन अधिकारी नन्दनसिंह रजवारले बिहीबार राति झन्डै साढे १ बजे भारी वर्ष हुँदा फाटा हेलिप्याडनजिकै चार जनाको पहिरोले पुरिएर मृत्यु भएको समाचार प्रकाशित गरेका छन् ।
रजवारका अनुसार चार जनाको शव पहिरोबाट बाहिर निकालेर रुद्रप्रयाग लगिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : ३८ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले