कुलपतिको विरोध गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

कुलपतिको विरोध गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न माग गरेका छन् ।

देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने व्यक्ति र समूलाई पक्राउ गरी कडा कार्वाही गर्न उनीहरूले माग गरेका छन् ।

उनीहरूले त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्रीले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् । कुलपतिको राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालय धरासायी भएको बताएका छन् ।

उनीहरूले त्रिविमा पछिल्लो समय भइरहेको नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्यसंरक्षित आतंकविरुद्ध संयुक्त विरोध कार्यक्रम गरेका हुन् । विद्यार्थीहरू जम्मा भएर शुक्रबार दिउँसो त्रिवि उपकुलपति कार्यालयमा प्रदर्शन गरेका छन् ।

पछिल्लो केही सातायता त्रिवि मानविकी तथा समाज शास्त्र संकायको विभागीय प्रमुख नियुक्तिलाई लिएर तनाव बढेको छ । केही विद्यार्थीहरूले विभागीय प्रमुख नियुक्तिलाई लिएर त्रिविका पदाधिकारीलाई मार्नेसम्मको धम्की दिएको समाचारबीच प्रदर्शन भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ०६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण