नदीको २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसलाप्रति राष्ट्रिय मुक्ति क्रान्तिको आपत्ति « Khabarhub

नदीको २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसलाप्रति राष्ट्रिय मुक्ति क्रान्तिको आपत्ति


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मुक्ति क्रान्तिले सर्वोच्च अदालतबाट नदीको दायाँ–बायाँ २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड कायमको फैसला भएपछि उपत्यकावासीको उठीबास हुने अवस्था सृजना भएको भन्दै आपत्ति जनाएको छ ।

अध्यक्ष राजेन्द्र महतोले शुक्रबार विज्ञप्ति जारी गरेर मुख्य र सहायक नदीहरूको दायाँ–बायाँ न्यूनतम २० मिटरसम्म कुनै संरचना बनाउन नपाउने मापदण्ड कायम हुने फैसलाले उपत्यकावासीको उठीबास हुने अवस्था सृजना भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सर्वोच्च अदालतले मुख्य र सहायक नदीहरूको हकमा दायाँ–बायाँ न्यूनतम अर्को थप २० मिटरसम्म कुनै संरचना बनाउन नपाउने मापदण्ड कायम हुने फैसला गरेपछि उपत्यकावासीहरूको उठीबास नै हुने अवस्था सृजना भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले जग्गाधनीहरूसँग यथार्थ नबुझी मापदण्ड तोक्दा अति नै मार्का पर्न गएको छ । तसर्थ निजी जग्गावालाहरूको यथार्थ स्थिति बुझी न्याय गर्न पुनरावलोकन आवश्यक देखिएको छ ।’

उपत्यकाबासीहरुलाई आधुनिकीकरणको नाममा आफ्नो सभ्यता र संस्कृति जोगाउन नदिने प्रपञ्चविरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र खोला मापदण्ड सरोकार समूहद्वारा गरिने संघर्षमा राष्ट्रिय मुक्ति क्रान्तिको ऐक्यबद्धता रहने उनले उल्लेख गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ३२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको