पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो | Khabarhub Khabarhub

पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

राजविराज– यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ ।

केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरू चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिए ।

असार साउनमा आएको बाढीले केराबारीमा पानी जमेका कारण केराको बोट सुक्न थालेको किसानको भनाइ छ । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एक पटकमा दुई लाखभन्दा बढी खर्च हुन्छ । तर बाढीले पाँच सय बिघा क्षेत्रफलको केरा मासिने गरी करोडौँको क्षति पुर्‍याएको उनीहरू बताउँछन् ।

केराखेती गरिएको ठाउँमा पसेको पानी निकासी हुने ठाउँ नभएकाले केराको बोट पानीले गलेर नष्ट भइरहेको हनुमान नगरकङ्कालिनी नगरपालिका–१ भारदहका किसान बच्चालाल मण्डलले बताए ।

जग्गा धनीसँग वार्षिक भाडामा लिएबापत एक बिघा जग्गाको ३० हजार रुपैयाँ तिर्नुपर्छ । कोसी किनारमा किसानले लगाएको केरा छठको बेला बढी बिक्री हुने गर्दछ । केराखेतीमा विभिन्न प्रकोपको समस्या खेपिरहेका किसानहरूमा बाढीको चपेटा थपिएको हो ।

केराखेतीबाट दशैँ तिहारका बेला राम्रो आम्दानी गर्दै आए पनि यस वर्ष बाढीले केराका बोट नै नष्ट गरेको केराखेती तथा व्यापार गर्दै आएका इनर्देव लोगीले बताए । केराखेती नष्ट हुँदा घर खर्चसमेत चलाउन समस्या हुने अवस्था आएको भलुवाका किसान दिलीप यादव बताउँछन् ।

उनले भने, ‘बैंकबाट ऋण लिएर केराखेती गरेको थिएँ तर एक्कासि बाढी पसेर केराको बोट सुक्दा लगानी त गयो गयो मेहनत खेर जाने भयो ।’

किसानले हालसम्म कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । वैशाखमा पनि पानीसँगै हावाहुरी आउँदा केरा ढलेर क्षति पुगेको थियो । यस क्षेत्रमा उत्पादित केरा राजधानी काठमाडौँ, पश्चिम नेपालगञ्ज, पुर्वमा काँकरभिट्टासम्म बिक्रीका लागि पुर्‍याइने गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  २ : ५५ बजे

निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

काठमाडौं– संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हमासलाई गाजामा ६०

किवी खेतीमा किसानको आकर्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशकअघि परीक्षणका रुपमा

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थाकारबाही

वीरगञ्ज– बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा