भैँसी बेचेर च्याउ खेती, मासिक एक लाख आम्दानी « Khabarhub

भैँसी बेचेर च्याउ खेती, मासिक एक लाख आम्दानी


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

गलकोट– यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उनले चार वटा प्लास्टिक टनेल लगाएकी छन् ।

दुई वटा भैँसी पाल्दै आएकी क्षत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गरिन् ।  उनी अहिले तरकारी खेतीबाट आत्मनिर्भर बनेकी छन् । उनका तीन टनेलमा घिरौँला, लौका, टमाटर, धनियाँ र तिते करेला छन् ।

तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जीविका चलाएर केही रकम बचत गर्दै आएका छन्  । उनले च्याउ खेती पनि गरेकी छन्  । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था गरेकी छन् । अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले सुनाउँछिन्  । स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आएकी क्षत्रीले च्याउ खेतीमा जोड दिएकी हुन्  ।

उनले च्याउ खेती थप विस्तार गर्ने योजनामा रहेको बताइन् । ‘परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ’, क्षत्रीले भनिन्, ‘छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउ खेती तालिमले मलाई बल्ल राहत दियो ।’

दुई सय किलो च्याउ बिक्री गरिसकेको र अझै दुई सय ५० केजीदेखि तीन सय केजी च्याउ उत्पादन हुने आशामा रहेको उनले बताइन् । च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन् ।

बेनी नगरपालिका–२ बौरस्थित माइतीगाउँका महिला तरकारी खेतीबाट आयआर्जन गर्न सफल भएको देखेर व्यावसायिक तरकारी खेती थालेको क्षत्रीको भनाइ छ । जग्गा आफ्नै र बिक्रीसमेत आफले बजार पुगेर गर्दा बचत धेरै हुने गरेको छ । बिचौलियासमेत आवश्यक नपर्ने उनको अनुभव छ ।

रासस 

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ३ : ३१ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर