सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान « Khabarhub

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछाने बयानका लागि संसदीय छानबिन समितिमा उपस्थित भएका छन् ।

सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लामिछानेसँग शुक्रबार दिउँसो बयान लिएको हो ।

यसअघि लामिछानेका साझेदार एवम् नेपाल प्रहरीका पूर्वडीआईजी छविराज जोशीसँग समितिले शुक्रबार नै बयान लिएको थियो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन थालिएको हो ।

दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा लामिछानेका साझेदार रहेका जोशी र लामिछानेसँग लिएको बयानबारे समितिले केही खुलाएको छैन ।

छविले बयान दिएर बाहिरिएपछि पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका बोलाइएको हो ।

गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) का साझेदार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।

तर छवि जोशीले आमाको काज किरिया भदौ ६ गते सकेकाले त्यसको भोलिपल्ट बयानमा आएका हुन् । जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो ।

समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ । राजनीतिमा लाग्नुअघि लामिछानेले जीबी राईसँग मिलेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ ।

पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाखसहित ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा सारेको आरोप उनीहरूमाथि छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक थिए । रास्वपा सभापति लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ३४ बजे

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र