पाकिस्तानमा ६ महिनामा १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना « Khabarhub

पाकिस्तानमा ६ महिनामा १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा यस वर्षको मध्यसम्म १ हजार ६ सयभन्दा धेरै बाल दुर्व्यवहारका घटना भएको पाइएको छ । पाकिस्तानको गैर सरकारी संस्था साहिलले जारी गरेको प्रतिवेदनमा यस वर्षको मध्यसम्म १ हजार ६ सय ३० वटा बाल दुर्व्यवहारका घटना भएको उल्लेख छ ।

यीमध्ये ८ सय ६२ घटना बाल यौन दुर्व्यवहारसँग सम्बन्धित छन् भने ६ सय ६८ घटना अपहरणसँग सम्बन्धित रहेको जनाइएको छ । त्यसैगरी, १८ वटा बालविवाहका घटना भएको र ४८ वटा बालबालिकासँग सम्बन्धित अश्लील चलचित्रका घटना भएका छन् ।

प्रतिवेदनका अनुसार ९ सय ६२ अर्थात् ५९ प्रतिशत घटनामा बालिका पीडित भएका छन् भने ६ सय ६८ अर्थात् ४१ प्रतिशत घटनामा बालक पीडित भएका छन् ।

यस वर्षको जनवरीदेखि जुन महिनासम्म विभिन्न राष्ट्रिय तथा क्षेत्रीय अखबारमा आएका समाचारका आधारमा साहिलले यो प्रतिवेदन जारी गरेको हो । साहिल सन् १९९६ देखि पाकिस्तानमा बालबालिकाको हितमा सक्रिय छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ४ : ५७ बजे

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक