साफ यू-२० को सेमिफाइनल समीकरण पूरा, नेपालको प्रतिद्वन्द्वी भुटान « Khabarhub

साफ यू-२० को सेमिफाइनल समीकरण पूरा, नेपालको प्रतिद्वन्द्वी भुटान


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको हो ।

पराजित भएसँगै माल्दिभ्स अंकविहीन भएर प्रतियोगिताबाट बाहिरिएको छ । उता भारत भने समूह बिजेता बनेको छ ।

त्यही समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको छ । अब सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्ने छ।

साविक बिजेता भारतले साविक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल आइतबार र सोमबार हुने छन् । फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ६ : ५९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको