बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसको माग « Khabarhub

बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसको माग


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आज भएका दुईवटा बस दुर्घटनाका घाइतेहरूको उचित उपचार प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस वर्तमान सत्ता गठजोडको प्रमुख घटक हो । दुर्घटनापश्चात्‌ उद्दार र उपचारमा भूमिका खेल्नुपर्ने गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल कांग्रेसकै नेताहरू हुन्‌ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा जारी केन्द्रीय कार्यसमिति बैठकले बस दुर्घटनाबारे एक बूँदे निर्णय गरेको हो । कांग्रेसले दुर्घटनामा यात्रुहरूले ज्यान गुमाएका र घाइते भएका संवेदनशील घटनाले स्तब्ध बनाएको जनाएको छ ।

पोखराबाट काठमाडौंतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको बस तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहराबाट मर्स्याङ्दी नदीमा ४३ मध्ये २७ यात्रुको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन्‌ ।

आजै रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९, सत्रकिलोमा माथिबाट खसेको ढुङ्गा लागेर अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएका छन्‌ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘उक्त दुबै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । तनहुँ दुर्घटनामा परी मृत्युवरण गर्नु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ । साथै, उक्त दुबै घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

साउन २३ गतेदेखि शुरू कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ । आगामी बैठक भदौ १२ गते बुधबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पौडेलले जानकारी दिएका छन्‌ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ८ : ३२ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय