रुकुमको सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम « Khabarhub

रुकुमको सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुमपूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको ‘छोरी बचत खाता’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७–७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०–८१ मा ८२ जना छोरीको ‘छोरी बचत खाता’ खोलिएको छ । कार्यक्रम सुरु भएयता उक्त कार्यक्रममा चार सय छोरीहरूको खाता खोलिएको छ ।

गाउँपालिकाले २०७७ साल साउनदेखि जन्मिएका छोरीको खाता खोलेर पाँच हजार रुपैयाँ जम्मा गर्दै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खातामा रकम जम्मा गर्ने गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद यादवले जानकारी दिए ।

छोरी बचत खाताका लागि चारपटक गर्भजाँच गराएको हुनुपर्ने, स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उनको भनाइ छ ।

सबै प्रक्रिया पूरा भएपछि एक जना संरक्षक लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ ।

बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइने छोरी बचत कार्यक्रमकी स्वास्थ्य संयोजक पुष्पा ओलीले बताइन् । यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने उनको भनाइ छ ।

२० वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउनेगरी गाउँपालिकाले कार्यविधि निर्माण गरेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा सो रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : १३ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।