संसदीय समितिले गर्‍यो नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण « Khabarhub

संसदीय समितिले गर्‍यो नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुरप्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले सोमबार भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको छ ।  

सभापति थापासहित समितिका सदस्य एवं सांसद देवेन्द्र पौडेल, उर्मिला थेबे, रामप्रकाश चौधरी, लीलादेवी बोखिम, विनिताकुमारी सिंह, ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको टोलीले त्यहाँस्थित ट्रष्टको जग्गासहित हनुमन्ते करिडोर, भक्तपुर पालिकाद्वारा सञ्चालित कलेज र ख्वप अस्पतालको निरीक्षण गरेको हो ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई नेपाल ट्रष्टको जग्गाबारे जानकारी गराउँदै उक्त जग्गा ख्वप विश्व विद्यालयका लागि दिन माग गरे ।

निरीक्षणपछि भक्तपुर नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्न र नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित जग्गा विश्व विद्यालय सञ्चालनका लागि प्रदान गर्न माग गरे ।

छलफलमा पूर्वशिक्षामन्त्री एवं सांसद देवेन्द्र पौडेलले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य अनुकरणीय रहेको र यसबाट देशका ७५३ वटै स्थानीय तहले सिक्नु पर्ने आवश्यकता औँल्याए । 

टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन गरे।

 उनीहरूले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय, वडा नं १ स्थित शिशुस्याहार केन्द्र, भाज्या पुखुसिद्धपोखरीको समेत अवलोकन गरेका थिए । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : २२ बजे

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपीएलको दायरा, पारस भन्छन्- पर्यटनमा पनि सहयोग पुगेको छ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको