राजनीति

संविधान संशोधन गर्दा राजनीतिक शक्ति बाँडफाँटबारे बुझौँ : एनपी साउद

By खबरहब

September 23, 2024

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधनका क्रममा राजनीतिक शक्तिको बाँडफाँडको अवस्थाबारे बुझ्न जरुरी रहेको बताएका छन् ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा सोमबार आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रम यस्तो बताएका हुन् ।

‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशील दस्तावेज हो भन्ने कुरालाई मानेर हामी अगाडि बढिरहेको अवस्था छ । राजनीतिक शक्तिको बाँडफाँड कसरी भएको छ, यो एउटा महत्वपूर्ण कुरा छ,’ नेता साउदले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा हामीले राजनीतिक शक्ति कसरी बाँडफाँड गरेको छौँ र बाँडेको राजनीतिक शक्तिले ती सरकारका निकाय र संरचनाहरु प्रभावकारी हिसाबले चल्न सकेका छन् की छैनन् भन्ने कुरा महत्वपूर्ण हो ।’

पूर्वपरराष्ट्रमन्त्री साउदले तीन तहको सरकार बनाएर पनि विकास खर्च न्यून अवस्थामा रहेको बताउँदै राज्यको साधारण खर्च धेरै बढेकाले चुस्त, दुरुस्त र व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।