मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना « Khabarhub

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो ।

अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । आज सो फैसलाको सजाय निर्धारण गर्दै पूर्वसचिव ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरेको हो ।

अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन् अध्यक्ष रहेका पूर्वसचिव गजेन्द्र ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिवाना रु १० करोड १० लाख ६१ हजार ७५ निर्धारण गरेको छ ।

अदालतले तत्कालीन् खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र रु दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र रु दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना रहेको छ ।

अदालतले दोषी ठहर गरी सजाय निर्धारण गरेका कम्पनीमा ईपिआईआईएसए मतियार ठहर जरिवाना रु छ करोड २१ लाख ९३ हजार पाँचसय ९६ रहेको छ । बिईटिएसलाई मतियार ठहर गर्दै जरिवाना रु दुई करोड ९५ लाख ६५ हजार छ सय तीन गरेको छ भने सिएमसी डी राभेनालाई रु २६ करोड ११ लाख छ हजार नौ सय ९१ जरिवाना गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०८० फागुन ६ गते विशेषमा उक्त प्रकरणमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अदालतले डा सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोजविक्रम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल र केदारप्रसाद अर्याललाई सफाइ दिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ०४ बजे

तत्काल राप्रपा छोडेर स्वतन्त्र रहने रविन्द्रको घोषणा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले

अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे

अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार

हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा

हुम्ला– हुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया अग्रस्थानमा

गुल्मी-२ : रास्वपाका गोविन्द पन्थी विजयीः एमालेका गोकर्ण विष्ट पराजित

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २

सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा