सयदिने उपलब्धिको समीक्षा र आगामी बाटो तय गर्न सत्तारुढ दलले संयुक्त बैठक गर्ने | Khabarhub Khabarhub

सयदिने उपलब्धिको समीक्षा र आगामी बाटो तय गर्न सत्तारुढ दलले संयुक्त बैठक गर्ने


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलहरूले सरकारका हालसम्मका कामहरूबारे साझा दृष्टिकोण बनाएर आगामी बाटो तय गर्न संयुक्त बैठक गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ दलहरूको बैठकले सरकारका हालसम्मका उपलब्धि र आगामी दिनका कामहरूबारे छलफल गर्न बैठक बोलाउने निर्णय गरेको हो ।

बालुवाटार बैठकपछि एमाले महासचिव शंकर पोखरेलले शुक्रबार दिउँसो ३ बजेका लागि सत्ता साझेदार दलहरूको बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए ।

‘सरकारमा रहेका दलहरूका तर्फबाट अहिलेसम्मका काम र आगामी दिनमा सरकारमा रहेका दलहरूका तर्फबाट सामूहिक रूपमा कसरी अगाडि बढ्ने भन्नेबारे पर्सि ३ बजे बैठक बसेर दृष्टिकोण बाहिर ल्याउने सहमति गरेका छौँ,’ पोखरेलले भने ।

उनले बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सय दिन पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्ने पनि जानकारी दिए ।

‘सरकार गठनको सय दिन पुगेको उपलक्ष्यमा प्रधानमन्त्रीज्यूले ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ,’ महासचिव पोखरेलले भने, ‘उहाँले सरकारका तर्फबाट भए गरेका कामहरू र आगामी दिनमा गर्ने कामहरूको सन्दर्भका बारेमा सम्बोधन गर्नुहुनेछ ।’

सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवम् मुद्दामा समान धारणासहित एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहबारे सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : २८ बजे

वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने 

मैनापोखरी– दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले नेपाली हिन्दु नारीहरूको

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी