राजनीति

नारायणकाजीको जवाफ : रविलाई माओवादीले ‘क्लिन चिट’ दिएको छैन

By खबरहब

October 23, 2024

विराटनगर- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिएको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै ठूलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने जिकिर गरे ।

आफूहरूले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारबाही हुनुपर्ने बताउँदै उनले सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिहरूलाई छोड्ने र रविलाई मात्रै कारवाहीको दायरामा ल्याउनु भेदभाव देखिएको जिकिर गरे ।

एक प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरूले आन्दोलनभन्दा खबरदारी कार्यक्रम गरेको जानकारी दिए।

त्यस्तै श्रेष्ठले विपत्तिका बेला सबै राजनैतिक दल मिलेर जनतालाई राहत, उद्धार र पुन:स्थापना गर्ने बेला राजनैतिक दल फुटाउने अध्यादेश ल्याउनु गतल भएको टिप्पणी गरे ।

श्रेष्ठले नेपालमा कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताउदै तत्काल भने मिल्ने अवस्था नरहेको जानकारी दिएका छन् ।