प्रियंका गान्धीद्वारा वायनाड उपचुनावका लागि उम्मेदवारी दर्ता « Khabarhub

प्रियंका गान्धीद्वारा वायनाड उपचुनावका लागि उम्मेदवारी दर्ता


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्लीकांग्रेस नेता प्रियंका गान्धीले वायनाड लोकसभा सिटमा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । 

वायनाडमा नोभेम्बर १३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उनले बुधबार उम्मेदवारी दर्ता गराएकी हुन् । 

प्रियंकाको उम्मेदवारी दर्ताका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेअमेठीका सांसद केएल शर्मासहित नेताहरू वायनाड पुगेका थिए । 

उम्मेदवारी दर्ताअघि प्रियंकाले कांग्रेस नेताहरूका साथ ‘रोड शो’ पनि गरेकी थिइन् । 

यसै वर्ष सम्पन्न लोकसभा निर्वाचनमा वायनाडबाट प्रियंकाका दाइ राहुल गान्धी निर्वाचित भएका थिए । रायबरेली सिटबाट पनि विजयी भएपछि राहुलले वायनाड छोडेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : ०१ बजे

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको