अन्तर्राष्ट्रिय

प्रियंका गान्धीद्वारा वायनाड उपचुनावका लागि उम्मेदवारी दर्ता

By खबरहब

October 23, 2024

नयाँ दिल्ली– कांग्रेस नेता प्रियंका गान्धीले वायनाड लोकसभा सिटमा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । 

वायनाडमा नोभेम्बर १३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उनले बुधबार उम्मेदवारी दर्ता गराएकी हुन् । 

प्रियंकाको उम्मेदवारी दर्ताका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र अमेठीका सांसद केएल शर्मासहित नेताहरू वायनाड पुगेका थिए । 

उम्मेदवारी दर्ताअघि प्रियंकाले कांग्रेस नेताहरूका साथ ‘रोड शो’ पनि गरेकी थिइन् । 

यसै वर्ष सम्पन्न लोकसभा निर्वाचनमा वायनाडबाट प्रियंकाका दाइ राहुल गान्धी निर्वाचित भएका थिए । रायबरेली सिटबाट पनि विजयी भएपछि राहुलले वायनाड छोडेका थिए ।