आईपीएल अक्सन : को बन्ला सबैभन्दा महँगो खेलाडी ? | Khabarhub Khabarhub

आईपीएल अक्सन : को बन्ला सबैभन्दा महँगो खेलाडी ?


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन आइतबार र सोमबार साउदी अरेबियाको जेदाहमा आयोजना हुँदैछ। सो प्रतियोगिताका लागि अक्सनमा सबै भन्दा धेरै रकममा को बिक्री हुने भन्ने चासो धेरैमा छ। गत वर्ष कलकत्ता नाइट राइडर्सले मिचेल स्टार्कका लागि २४.७५ करोड भारतीय रुपैयाँ खर्चिएको थियो। सोही रकम आईपीएल इतिहासको सबै भन्दा महँगो रकमको रूपमा कीर्तिमान कायम भएको थियो। यसै वर्ष अक्सनमा पनि नगएर रिटेन गर्ने क्रममा सनराइजर्स हैदरावादले हेन्रिक कालसनलाई तिरेको २३ करोड भारतीय रुपैयाँ पार गर्छ या गर्दैन भन्ने बहस महत्त्वपूर्ण बनेको छ।

अहिले चर्चामा दिल्लीबाट गत सिजन खेलेका ऋषभ पन्त छन्। उनले मूल्यमा कुरा नमिलेपछि अक्सनमा जाने निर्णय गरेका हुन्। उनका लागि फ्रेन्चाइजले २० करोड भारतीय रुपैयाँ खर्चिने अनुमान गरिएको छ।

सन् २०१६ देखि यता उनले ८ पटक म्यान अफ द म्याच अवार्ड पाएका छन्। तर अहिले धेरै टोलीले आफ्नो पूर्व कप्तानलाई बिदा गरेका छन्। पन्त ब्याट्सम्यान, कप्तान तथा विकेटकिपरको भूमिकामा रहन सक्छन्। भारतीय समर्थकमा पन्तको विशेष क्रेज छन्। तसर्थ पनि धेरै टोलीको आकर्षण पन्तमा हुनसक्छ।

कलकत्ताले गत सिजन अवार्ड जित्ने समयमा टोलीको नेतृत्व गरेको श्रेयास ऐयर नै अहिले सो टोलीबाट रिटेन भएनन्। कलकत्ताले ६ जना खेलाडी रिटेन गरिसकेका कारण उनी आरटिएम हुने सम्भावना पनि छैन। अहिले जुनसुकै टोली उनका लागि आतुर हुनसक्छन्।

सन् २०२२ मा आइपिएलमा आएका उनी त्यस समयमा ४ क्लबले प्रस्तावका बाबजुद कलकत्ता पुगेका हुन्। यसरी ऐयरमा रुचि देखाउनेमा रोयल च्यालेन्जर बंग्लोरु, दिल्ली, लखनउ तथा गुजरातले चासो दिएका थिए।

सन् २०२३ मा लामो समय चोटका कारण गुमाएका उनले अर्को वर्ष टोलीको नेतृत्व गर्दै उपाधि दिलाएका हुन्। श्रेयसलाई नै कप्तान बनाउन टोलीमा लैजाने सबैभन्दा बलियो सम्भावना पन्जाब किंग्सको छ। पन्जाबसँग ११०.५ करोड भारतीय रुपैयाँ बाँकी नै छ। दिल्ली र लखनउमा पनि उनी उपयुक्त नहुने त होइन तर दिल्लीसँग अब ५५ करोड रुपैयाँ तथा लखनउसँग ६९ करोड रुपैयाँ मात्र बाँकी छ। उनी मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन्।

गत वर्षका महँगा खेलाडी स्टार्कलाई त बिर्सने कुरै भएन। गत सिजनको अक्सनमा हैदरावादले प्याट कुमिन्सका लागि २०.५० करोड भारतीय रुपैयाँ खर्चेर सो सिजनको महँगो खेलाडीको कीर्तिमान राखेको थियो। केही समयमा नै कुमिन्सको पुरानो क्लब कलकत्ताले त्यसलाई भङ्ग गर्दै २४.७५ भारतीय रुपैयाँको नयाँ आइपिएल कीर्तिमान राखेको थियो। त्यसदिन कलकत्ताले खर्चिन तयार भएको ३२.७ करोड भारतीय रुपैयाँको ८० प्रतिशत रकम स्टार्कले पाएका थिए। लिग चरणको सुरुवातमा कमजोर देखिएका स्टार्क सनराइजर्स हैदरावादविरुद्धको पहिलो क्वालिफायर र फाइनलमा जमे। दुवै खेलमा उनी म्यान अफ द म्याच घोषित भएका थिए। उनले फर्ममा रहेका ट्रेभिस हेड र अभिषेक शर्मालाई नै आउट गरेका थिए। स्टार्क पावर प्ले र डेथ ओभरमा नै भरपर्दा बलर मानिन्छन्। अनुभवी उनलाई बलिङ मेन्टरको रूपमा समेत टोलीले प्रयोग गर्न सक्नेछ।

आईपीएलका अर्का स्टार लोकेश राहुल पनि अक्सनमा गएका छन्। सन् २०१८ यताका ७ मध्ये ६ सिजनमा राहुलले ६ पटक पाँच सय रन भन्दा धेरै प्रहार गरेका छन्। उनले पाँच सय रनको आँकडा पार गर्न नसकेको एउटा मात्र आइपिएल २०२३ हो। सो सिजन उनले चोटका कारण पछिल्ला आधा खेल गुमाएका थिए।

राहुलबाहेक कोहली र डेभिड वार्नरले मात्र ७ सिजनमा पाँच सय रनको आँकडा पार गरेका छन्। राहुल सन् २०१३ मा आइपिएल क्यारियर सुरु गरेको बंग्लोरुमा नै जाने सम्भावना प्रबल छ। यसअघि दिनेश कात्तिक सो टोलीका विकेटकिपर ब्याट्सम्यान थिए। अहिले कप्तान तथा विकेट किपर ब्याट्सम्यानको रूपमा राहुल उपयुक्त विकल्प हुन सक्छन्। साथमा अन्य धेरै क्लबमा पनि शीर्ष क्लबका ब्याट्सम्यान तथा विकेटकिपर आवश्यक भएको हुँदा राहुलको सम्भावना प्रबल भएको पाइन्छ।

सन् २०२२ को आइपिएल सिजन यता जोस बटलरले चौथो धेरै रन प्रहार गरेका छन्। उनको स्ट्राइक रेट पनि करिब १४५ छ। यस अवधिमा उनले सबै भन्दा धेरै ७१ छक्का प्रहार गरेका छन्। उत्कृष्ट ब्याटिङमार्फत विपक्षीलाई दबाब दिने गरेका उनी भर्खरै वेस्ट इन्डिजसँग भएको टी–२० मा पनि अविजित ८३ रन प्रहार गर्न सफल भएका थिए। टी-२० विश्वकप विजयी टोलीका कप्तान समेत रहेका उनी टोलीको नेतृत्व गर्न समेत उपयुक्त मानिन्छन्।

अहिले चासो आर्सदिप सिंहमाथि पनि छ। सन् २०२२ को आइपिएल यता भुवनेश्वर कुमारले ६४, टी नटराजनले ६१ तथा सिंहले ५० योर्कर बल फ्याकेका छन्। डेथ ओभरमा योर्कर महत्त्वपूर्ण मानिन्छन्। योर्करमा उनले इकोनोमी ५.७६ छ। यो भारतका स्टार बलर जसप्रित बुमराह भन्दा अलि बढी हो। यसबीचको डेथ ओभरमा उनले २८ विकेट लिएका छन्। उनी भन्दा बढी हर्सल पटेलले मात्र ५० विकेट लिएका छन्। उनले पावर प्लेमा २४ विकेट लिएका छन्। सन् २०२२ को आइपिएल यता यो चौथो धेरै सङ्ख्या हो। पावर प्ले र डेथ ओभरमा नै बलिङ गर्नसक्ने खुबीका कारण उनलाई खेल जिताउन सक्ने खेलाडीको रूपमा हेरिएको छ। भर्खर भारतलाई दक्षिण अफ्रिकाविरुद्धको शृङ्खला जिताउन पनि उनको भूमिका महत्त्वपूर्ण थियो।

अहिले इङ्गल्यान्डका लियाम लिभिङस्टोन पनि खाली छन्। पारीको दोस्रो हाफमा शक्तिशाली प्रहार गर्ने उनले तीन सिजनका २१ पारीमा ५७५ रन प्रहार गरे। उनको स्ट्राइक रेट १९१.६६ हो। यो भारतका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवको भन्दा मात्र कम हो। यादवले सोही अवधिमा २६ पारीमा १९३.८५ को स्ट्राइक रेटमा ७८९ रन प्रहार गरेका छन्।

हेन्रिक क्लासेनले २४ पारीमा १८२.४० को स्ट्राइक रेटमा ७५७ रन प्रहार गरेका छन्। उनी एकै ओभरमा ह्रिुसट स्पिनबाट स्विच गराएर फिङ्गर स्पिन बलिङ गर्न सक्षम छन्। २०२२ को मेघा अक्सनमा यसै खुबीका कारण उनलाई ११.५ करोड खर्च गरिएको थियो। यसपटक पन्जाबसँग उनका लागि आरटीएम विकल्प पनि खुला छ।

सन् २०२२ को मेगा अक्सनमा ईशान किसनलाई १५.२५ करोड भारतीय रुपैयाँमा लिएर सबै भन्दा महँगो भारतीय खेलाडीमा रूपमा भित्र्याएको थियो। सो सिजनमा उनी प्रति पन्जाब, गुजरात र हैदरावादले पनि रुचि राखेका थिए। त्यस सिजनमा कमजोर रहेका किसन पछिल्लो दुई सिजन शानदार फर्ममा देखिए। खासमा सन् २०२३ मा किसन उत्कृष्ट थिए। गत वर्ष मुम्बई तालिकाको पुछारमा रहँदा पनि उनको स्ट्राइक रेट १६१ भन्दा बढी थियो।

गएको दुई सिजनमा पावर प्लेमा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा किसन तेस्रो स्थानमा रहे। बाँया हाते ब्याट्सम्यान हुनुका साथै विकेट किपिङको पनि काम गर्न सक्ने भएका कारण उनलाई धेरैले चासो दिन सक्छन्।

अहिले फिल साल्ट पनि धेरै टोलीको चासो हुन सक्छन्। गत सिजनमा कलकत्तालाई उपाधि दिलाउने क्रममा साल्टले सुनिल नारायणसँग मिलेर सुरुवातदेखि नै धुवाँदार ब्याटिङको नीति लिएका थिए। सन् २०२२ यताको समग्र टी-२० मा पहिलो पावर प्लेमा ट्रेभिस हेडमा मात्र साल्टको भन्दा राम्रो स्ट्राइक रेट छ। उनी हरके बलमा चौका प्रहार गर्ने प्रयास गर्ने खेलाडी हुन्। पावर प्लेमा उनी भन्दा पनि विस्फोट साबित भएका अस्ट्रेलियाका युवा फ्रेजर म्याक ग्रुक पनि आइपिएलमा चासोका खेलाडी हुन्।

सन् २०२४ को पहिलो सिजनमै उनले दिल्लीका लागि केही शानदार ब्याटिङ गरेका थिए। उनले मुम्बइको विरुद्धमा दिल्लीबाट खेल्दै बुमराहलाई नै एकै ओभरमा १८ रन समेत प्रहार गरेका थिए। सन् २०२४ को आइपिएलपछि त्यत्ति चासो नभएका उनी भर्खरै पाकिस्तानसँग भएको शृङ्खलामा छाएका थिए।

यस पटकको आइपिएल मेघा अक्सनमा धेरैको चासो हार्ड हिटर र पेस बलरमा नै केन्द्रित छ। गएको सिजन स्पिनरका लागि खासै उपलब्धिमूलक भएन। गत सिजनका म्यान अफ द सिरिज सुनिल नारायण कलकत्तामा रिटेन भइसकेका छन्। रसिद खानपछि गुजरात टाइटनमा रिटेन भएका कारण अन्य स्पिनरका लागि धेरै रकम खर्चिने सम्भावना कमै छ।

आईपीएलका शीर्ष १० महँगा खेलाडी
-माइकल स्टार्क (कलकत्ता नाइट राइडर्स) सन् २०२४, रकम २४.७५ करोड
-प्याट कुमिन्स (सनराइजर्स हैदरावाद) सन् २०२४ रकम २०.५० करोड
-साम कुरान (पन्जाब किङ्स) सन् २०२३ रकम १८.५० करोड
-क्यामरुन ग्रिन (मुम्बई इन्डियन) सन् २०२३ रकम १७.५० करोड
-बेन स्टोक्स (चेन्नाइ सुपर किङ्स) सन् २०२३ रकम १६.२५ करोड
-क्रिस मोरिस (राजस्थान रोयल्स) सन् २०२१ रकम १६.२५ करोड
-युवराज सिंह (दिल्ली डेयर डेभिल्स) सन् २०१५ रकम १६ करोड
-निकोलास पुरण (लखनउ सुपर जेन्ट्स) सन् २०२३ रकम १६ करोड
-प्याट कुमिन्स (कलकत्ता नाइट राइडर्स) सन् २०२० रकम १५.५० करोड
-इशन किसन (मुम्बई इन्डियन) सन् २०२२ रकम १५.२५ करोड
स्रोतः क्रिकइन्फो, क्रिकबज र इकोनोमिक्स टाइम्स

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ८ : २९ बजे

रावलबारे सबै नेता तैँ चुप मै चुप, बिन्दा र उषाबारे अरूको कुरै सुनेनन् ओ‌लीले

काठमाडौं–नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहितका तीन

सगरमाथा संवादको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले

आजका समाचार : रावललाई कारबाहीपछि एमालेमा खैलाबैला, रविसँग तीन घण्टा बयान र जापान एयरलाइन्समा साइबर आक्रमण

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं – सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस

कांग्रेसको एक सय दिने विशेष अभियानको समयावधि थप

काठमाडौं – नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयावधि