कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो « Khabarhub

कृषि आधुनिकीकरण परियोजनाको ‘धान जोन’ मा उत्पादन घट्यो


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्पादनमा कमी आएको हो ।

गत वर्ष ‘धान जोन’ मा चार हजार २१६ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष तीन हजार ६८८ मेट्रिकटन मात्रै धान उत्पादन भएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी लक्ष्मी शाहले जानकारी दिए। 

उहाँका अनुसार जिल्लामा ८०० हेक्टर क्षेत्रफलमा ‘धान जोन’ सञ्चालनमा रहेको छ । क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ५२८ मेट्रिकटनले कमी आएको उनले जानकारी दिए। उत्पादन घटेसँगै उत्पादकत्व घटेको छ ।

गत वर्ष ‘धान जोन’ मा बर्खे धानको उत्पादकत्व पाँच दशमलव २७ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष उत्पादकत्व घटेर चार दशमलव ६१ मेट्रिकटन प्रतिहेक्टर भएको सूचना अधिकारी शाहले जानकारी दिए। धान संकलन गर्ने समयमा भएको वर्षाले धानमा पुर्यायको क्षतिका कारण उत्पादनमा कमी आएको उनले बताए। कैलालीमा ‘धान जोन’ आव २०७८-७९ बाट सुरु भएको थियो ।

 ‘धान जोन’ जिल्लाका जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वडामा सञ्चालनमा छ । लागत घटाएर कृषि आधुनिकीकारण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा किसानलाई बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ । साथै परियोजनाले प्राविधिक सहयोग गर्ने गरेको जनाइएको छ ।

जिल्लामा आव २०७३-७४ बाट ‘गहुँ सुपरजोन’ र आव २०७४-७५ बाट ‘तेलहन जोन’ सञ्चालनमा रहेको छ । ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा गाउँपालिका र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा तथा ‘तेलहन जोन’ जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिका, भजनी र घोडाघोडी नगरपालिकाका विभिन्न २९ वडा सञ्चालनमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  २ : ०७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको