टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल « Khabarhub

टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटनहाम हटस्पर्स र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेलमा गोलको वर्षा भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल ६-३ ले विजयी भएको हो। जित सहित लिभरपुलले अङ्क तालिकाका ४ अङ्कको अग्रता लिएको छ।

२३ औं मिनेटमा लुकास डियाजको गोलमा अग्रता लिएको लिभरपुलका लागि १३ मिनेटपछि एलिक्स म्याक एलिस्टरले गोल गरे। मध्यान्तर अघि जेम्स मेडिसनले गोल गर्दै टोटनहामको आशा जगाएका थिए। मेडिसनको सो गोल सिजनको आठौँ व्यक्तिगत गोल समेत हो। त्यसको लगत्तै मोहम्मद सलाहको पासमा डोमिनिक जोबोस्लाईले गोल गरे।

५४ औं मिनेटमा सलाहले गोल गरे। उनको सो गोल लिभरपुलका २२८ औं गोल हो। लिभरपुलका लागि सबै भन्दा बढी गोल गर्ने खेलाडीको रूपमा उनी बिली बिडेलसँग बराबरी गर्न सफल भए। त्यसको लगत्तै अर्को गोल गरेर उनी इतिहास कायम गर्न सफल भएका हुन्।

खेल सकिन १८ मिनेट बाँकी रहँदा डेजान कुलेक्सीले टोटनहामका लागि अर्को गोल गरे। डोमिनिक सोलान्केले अर्को गोल गरे। डियाजले अन्तिम समयमा लिभरपुलको छैटौँ गोल गरे। विजयी लिभरपुल १६ खेलमा ३९ अङ्कसहित शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा रहेको चेल्सीको १७ खेलमा ३५ अङ्क छ। एभरटन र चेल्सीबीच आइतबार राति भएको खेलमा गोलरहित बराबरी भयो। फुलहाम र साउथहाम्टन बिचको खेलमा पनि गोलरहित बराबरी भयो। उल्भ्सले लिसेस्टर सिटी तथा बोर्न माउथले म्यानचेस्टर युनाइटेडलाई ३-०ले हराए।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ३७ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा