गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने « Khabarhub

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका छन् । गुरुङ समुदायले यसवर्ष गरुड वर्गको बिदाई तथा सर्प वर्गको स्वागत गरी ल्होसार मनाउन लागेका हुन् ।

तमू ल्होसार मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षका रूपमा मनाइने ल्होसार विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिएको हो ।

तमू थातथलोको संरक्षण र सम्वर्द्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषाका रूपमा तमू भाषा घोषणाका लागि तमूवान आन्दोलन’ भन्ने मूल नाराका साथ आजदेखि १५ गतेसम्म ल्होसार मनाउन लागिएको समितिका महासचिव रामबहादुर गुरुङले जानकारी दिए ।

तमु ल्होसार पर्व विशेष गरी पुस १५ गते गुरुङ समुदायले एकआपसमा भेटघाट, शुभकामना आदानप्रदान, घरमा पूजा, सांस्कृतिक विधिसहित मनाउने परम्परा रहेको उनले बताए ।

एक हप्तासम्म शुभकामना आदानप्रदान, चियापान, पुस्तक विमोचन तथा स्रष्टा सम्मान, खेलकुद कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, रक्तदान, झाँकी कार्यक्रम, सांस्कृतिक कार्यक्रम र सरकारका विशिष्ट अतिथिको आतिथ्यतामा औपचारिक समारोह आयोजना गरिने महासचिव गुरुङले जानकारी दिए । रासस

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : ४० बजे

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको

स्वास्थ्यमन्त्री शर्माद्वारा दोलखा र रामेछापका अस्पताल अनुगमन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका

रास्वपा बैठकमा बालेन्द्र सहभागी नहुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको समानुपातिकको

रास्वपा बैठक : अन्य नेता पार्टी कार्यालयमा, रवि भर्चुअलमार्फत् जोडिने, बालेन जाने टुंगो छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिकको नाम छनोट गर्न

अबको १० दिनमा बालेन प्रधानमन्त्री बन्छन् : मनिष झा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अबको १० दिन