अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ हुने « Khabarhub

अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ हुने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ गते गर्नेगरी २३औं राष्ट्रिय सम्मेलनको बाँकी कार्यतालिका सार्वजनिक भएको छ ।

क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले उक्त कार्यतालिका सार्वजनिक गरेका हुन्‌ ।

नयाँ नेतृत्व चयन गर्नेगरी क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन असोज १० देखि शुरू भएको थियो । तर, नेताहरूले आफ्नो स्वार्थअनुकूल हुनेगरी गुटगत होडबाजी गरेपछि नेतृत्व चयन नै नगरी सम्मेलन स्थगित भएको थियो ।

सार्वनजनिक नयाँ कार्यतालिका अनुसार पहिलो चरणमा उमेरहद लगाउने/नलगाउनेबारे पुस १३ गते मतदान हुनेछ । दोस्रो चरणमा नेतृत्व चयन गर्नेगरी पुस १७ गते निर्वाचन तोकिएको छ ।

यो पनि –

अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट

क्रान्तिकारीमा माओवादी नेताको जुधाइ, विद्यार्थीको मिचाइ

अखिल क्रान्तिकारीको अध्यक्षमा दीपेश र नरेशसहित १४ दाबेदार, कसले पाउलान् प्रचण्डको साथ ?

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ०५ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै