अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ हुने « Khabarhub

अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ हुने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ गते गर्नेगरी २३औं राष्ट्रिय सम्मेलनको बाँकी कार्यतालिका सार्वजनिक भएको छ ।

क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले उक्त कार्यतालिका सार्वजनिक गरेका हुन्‌ ।

नयाँ नेतृत्व चयन गर्नेगरी क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन असोज १० देखि शुरू भएको थियो । तर, नेताहरूले आफ्नो स्वार्थअनुकूल हुनेगरी गुटगत होडबाजी गरेपछि नेतृत्व चयन नै नगरी सम्मेलन स्थगित भएको थियो ।

सार्वनजनिक नयाँ कार्यतालिका अनुसार पहिलो चरणमा उमेरहद लगाउने/नलगाउनेबारे पुस १३ गते मतदान हुनेछ । दोस्रो चरणमा नेतृत्व चयन गर्नेगरी पुस १७ गते निर्वाचन तोकिएको छ ।

यो पनि –

अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट

क्रान्तिकारीमा माओवादी नेताको जुधाइ, विद्यार्थीको मिचाइ

अखिल क्रान्तिकारीको अध्यक्षमा दीपेश र नरेशसहित १४ दाबेदार, कसले पाउलान् प्रचण्डको साथ ?

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ०५ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा