ग्वार्को फ्लाइओभरको ठेकेदारलाई आजदेखि दैनिक ८८ हजार रुपैयाँ हर्जना « Khabarhub

ग्वार्को फ्लाइओभरको ठेकेदारलाई आजदेखि दैनिक ८८ हजार रुपैयाँ हर्जना


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय राजधानी काठमाडौं उपत्यकाको चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरमा ढिलासुस्ती गरेको ठेकेदारलाई आजदेखि हर्जना लागेको छ ।

पटकपटक म्याद थप्दा पनि निर्माणकार्य सम्पन्न नगरेपछि सडक विभागले आशिष-समानान्तर-रेलिगेर जेभी (संयुक्त उपक्रम)लाई दैनिक ८८ हजार रुपैयाँ हर्जना लगाउँँदैछ । निमार्ण कार्य सम्पन्न नगरुञ्‍जेल यस्तो हर्जना लागिरहनेछ ।

इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा तीन ठेकेदार कम्पनी मिलेर १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा यो फ्लाइओभर बनाउने ठेक्का सकारेका थिए । शुरू अवधिमा निर्माण गर्न नसकेपछि विभागले म्याद थपिदिएको थियो ।

तर, थपिएको म्यादको अन्तिम दिन अर्थात्‌ पुस ८ गतेसम्म फ्लाइओभर निर्माण जम्माजम्मी ८२ प्रतिशतमात्रै सकिएको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

एकपटक म्याद थप गर्दा पनि काम नसकेपछि ठेकेदार कम्पनीले कुल ठेक्का रकमकै ०.०५ प्रतिशत अर्थात् दैनिक ८८ हजार रुपैयाँका दरले राज्यलाई हर्जना तिर्नुपर्ने भएको हो । यो ठेक्काको म्याद अब थप्न नसकिने केन्द्रले जनाएको छ ।

बालकुमारीतर्फ ३२० र सातदोबाटोतर्फ १८५ मिटर लम्बाइ रहने ग्वार्को फ्लाइओभरमा १.२ मिटर व्यास र ३० मिटर लम्बाइका १२/१२ वटा गरी जम्मा २४ वटा पाइल हुनेछ ।

फ्लाइओभर निर्माणपश्चात् पाँच वर्षसम्म मर्मत र सम्भार स्वयम् ठेकेदार कम्पनीले गर्नुपर्नेछ । फ्लाइओभर निर्माणको व्यवस्थापन र सहजीकरण भने सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट हुँदै आएको छ ।

अन्तरराष्ट्रिय मापदण्डमा तयार हुने ग्वार्को फ्लाइओभर यातायात पूर्वाधार संरचना नेपालको पहिलो फ्लाइओभर हुने भनिएको थियो । तर, त्यसभन्दा पछि निर्माण थालिएको बलम्बु फ्लाइओभरको काम लगभग सम्पन्न हुने चरणमा छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : २३ बजे

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड