ग्वार्को फ्लाइओभरको ठेकेदारलाई आजदेखि दैनिक ८८ हजार रुपैयाँ हर्जना | Khabarhub Khabarhub

ग्वार्को फ्लाइओभरको ठेकेदारलाई आजदेखि दैनिक ८८ हजार रुपैयाँ हर्जना


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय राजधानी काठमाडौं उपत्यकाको चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरमा ढिलासुस्ती गरेको ठेकेदारलाई आजदेखि हर्जना लागेको छ ।

पटकपटक म्याद थप्दा पनि निर्माणकार्य सम्पन्न नगरेपछि सडक विभागले आशिष-समानान्तर-रेलिगेर जेभी (संयुक्त उपक्रम)लाई दैनिक ८८ हजार रुपैयाँ हर्जना लगाउँँदैछ । निमार्ण कार्य सम्पन्न नगरुञ्‍जेल यस्तो हर्जना लागिरहनेछ ।

इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा तीन ठेकेदार कम्पनी मिलेर १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा यो फ्लाइओभर बनाउने ठेक्का सकारेका थिए । शुरू अवधिमा निर्माण गर्न नसकेपछि विभागले म्याद थपिदिएको थियो ।

तर, थपिएको म्यादको अन्तिम दिन अर्थात्‌ पुस ८ गतेसम्म फ्लाइओभर निर्माण जम्माजम्मी ८२ प्रतिशतमात्रै सकिएको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

एकपटक म्याद थप गर्दा पनि काम नसकेपछि ठेकेदार कम्पनीले कुल ठेक्का रकमकै ०.०५ प्रतिशत अर्थात् दैनिक ८८ हजार रुपैयाँका दरले राज्यलाई हर्जना तिर्नुपर्ने भएको हो । यो ठेक्काको म्याद अब थप्न नसकिने केन्द्रले जनाएको छ ।

बालकुमारीतर्फ ३२० र सातदोबाटोतर्फ १८५ मिटर लम्बाइ रहने ग्वार्को फ्लाइओभरमा १.२ मिटर व्यास र ३० मिटर लम्बाइका १२/१२ वटा गरी जम्मा २४ वटा पाइल हुनेछ ।

फ्लाइओभर निर्माणपश्चात् पाँच वर्षसम्म मर्मत र सम्भार स्वयम् ठेकेदार कम्पनीले गर्नुपर्नेछ । फ्लाइओभर निर्माणको व्यवस्थापन र सहजीकरण भने सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट हुँदै आएको छ ।

अन्तरराष्ट्रिय मापदण्डमा तयार हुने ग्वार्को फ्लाइओभर यातायात पूर्वाधार संरचना नेपालको पहिलो फ्लाइओभर हुने भनिएको थियो । तर, त्यसभन्दा पछि निर्माण थालिएको बलम्बु फ्लाइओभरको काम लगभग सम्पन्न हुने चरणमा छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : २३ बजे

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

काठमाडौं- भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन्

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४६ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा

‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी

ईश्वर पोखरेल भन्छन्- बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होइन

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा

मञ्जुश्री गुफा आवतजावत गर्न पदमार्ग, पर्यटकलाई सहज

खोटाङ– त्रिधार्मिकस्थल खोटाङको हलेसी क्षेत्रमा अवस्थित मञ्जुश्री गुफा आवतजावतका लागि