२७ भन्दा बढी सडकलाई बहुवर्षीय ठेक्का स्रोत सहमति, कुनलाई कति बजेट (सूचीसहित) | Khabarhub Khabarhub

२७ भन्दा बढी सडकलाई बहुवर्षीय ठेक्का स्रोत सहमति, कुनलाई कति बजेट (सूचीसहित)


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा विनियोजितभन्दा दोब्बरसम्म रकम बढाउँदै विभिन्न आयोजनामा बहुवर्षीय ठेक्काको स्रोत सहमति दिएको छ ।

मङ्सिर २८ गते बसेको राष्ट्रिय योजना आयोगको साप्ताहिक बैठकले सडक र पुल गरी १९ आयोजनामा बहुवर्षीय ठेक्काको स्रोत सहमति निम्ति अर्थ मन्त्रालयमा सिफारिस गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म पठाएका आयोजनालाई बहुवर्षीय ठेक्का स्रोत सहमति प्रदान गरिएको आयोगले जनाएको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।

आयोगका अनुसार; मन्त्रालयले विभिन्न आयोजनाहरूको स्रोत सहमतिका लागि पत्र पठाएको थियो । सोहीअनुसार आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ को दफा ३ को उपदफा (२) अनुसार बहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा आयोगले सिफारिस गरिदिएको हो ।

आयोगले मदन भण्डारी राजमार्गका पाँच सडक खण्डलाई बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको छ । गुल्मीको रिडी–भेडुवा–तम्घास (१४.६८ किमि), सल्यानको शीतलपाटी–खलङ्गा–बालुवासङ्ग्रही (२१.०५ किमि), सुनसरीको झण्डा–सर्दुखोला (७.५९ किमि), प्यूठानको रिडी–बालकोट–हंसपुर (२०.४३ किमि) र बडीचौर–गुटु–कर्णाली (चेनेज निर्माण)का कामलाई बहुवर्षीय स्रोत स्वीकृति दिएको छ ।

यसैगरी हुलाकी राजमार्गका पुलसमेत, कान्ति राजमार्ग अन्तर्गत चेनेजको कालोपत्रेस्तरमा स्तरोन्नती, कालीगण्डकी करिडोरको फलेवास–अर्मादी सडक खण्ड स्तरोन्नती, बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक कालोपत्रे तथा स्तरोन्नती, तमोर करिडोरको चेनेज निर्माण स्तरोन्नती, खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ स्तरोन्नती र राप्ती लोकमार्गको हर्नेटी–राम्री खण्ड स्तरोन्नती गर्न पनि बहुवर्षीय ठेक्का लगाउनेगरी स्रोत सहमति दिइएको छ ।

शहीद मार्गअन्तर्गत काँक्री–तकसेरा, घर्तीगाउँ–दुईखोली, थवाङ–महत र सेती राजमार्गको टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक स्तरोन्नती गर्न पनि आयोगले बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको छ ।

सालझण्डी–सन्धीखर्क–ढोरपाटन सडक आयोजनाका विभिन्न तीन खण्ड र हिल्सा सिमीकोट (तुमकोट–इलिङ, हेप्का सिमीकोट खण्ड), कर्णाली करिडोरको खुलालु–सलिसल्ला तथा रणनीतिक सडकका विभिन्न पुल निर्माण पनि यही बहुवर्षीय ठेक्का अन्तर्गत अघि बढाउने सरकारी तयारी छ ।

आयोगले रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण कार्यक्रम अन्तर्गत १०० भन्दा बढी पुल बनाउने काम पनि बहुवर्षीय ठेक्कामै अघि बढाउन सहमति दिएको हो ।

बहुवर्षीय ठेक्का स्रोत सहमति पाएका सडक आयोजनाहरूः

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ०४ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को