आज २०८० साल माघ १० गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल माघ १० गते बुधबारको राशिफल


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। काम सफल हुनेछ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। धर्म र न्याय क्षेत्रका विद्वानसँग भेट हुनेछ। गुरुसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारको साथ र सहयोग रहने छ।

वृष : दैनिकी राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुन्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा सचेत हुनुपर्ने देखिन्छ। ठुलाको सम्मान गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ।

मिथुन : आजको दिन राम्रो छ। गुरुबाट सहयोग मिल्नेछ। बोलीमा मोहनी रहेकाले समाजमा परोपकार गर्नु राम्रो हुन्छ। परिवारको मर्म नबुझ्दा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा भएको लगानीबाट उन्नती हुनेछ।

कर्कट : दैनिकी सामान्य छ। तमो गुणी ग्रह राहु र केतुका बिचमा चन्द्रमा रहेका छन्। यसले गर्दा हरेक काममा अवरोध सिर्जना हुनसक्छ। विश्वास घट्ने देखिन्छ। बिहान मन्दिरमा पुगेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। माया प्रेममा खटपटी हुने जोखिम छ।

सिंह : दिन राम्रो छ। पराक्रम बढ्नेछ। श्रमको सम्मान हुनेछ। स्वास्थ्य, वैदेशिक क्षेत्र र परिवारसँगको सम्बन्ध सबल देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा नहुनेछ।

कन्या : तपाईंको कार्यशैलीमा धेरै मानिस प्रभावित हुनेछन्। आफ्ना सहकर्मीसँग बोल्न नजान्दा कटुता बढ्नेछ। दु :खीलाई सहयोग र परेवालाई अन्न प्रदान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : दैनिकी राम्रो छ। आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र सबल छन्। आज साथीको हुटहुटीमा लागेर पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथले दिन राम्रो हुनेछ।

वृश्चिक : समय सामान्य राम्रो छ। तपाईंको बोलीको कारण धेरै काम बन्नेछन्। थोरै सम्पत्ति परोपकारमा खर्च गर्नु राम्रो हुन्छ। खानपानमा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। परिवारको साथमा दिन रमाइलो हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा, रोजगारीको क्षेत्र अब्बल देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुने योग रहेको छ। परिवारको राम्रो साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य राम्रो छ। गुरुको साथ रहने छ। आज स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारमा सामान्य विषयले वादविवादको रुप लिने देखिन्छ।

कुम्भ : दिन सामान्य राम्रो छ। आफ्नै रिसले आफैलाई घाटा हुनेछ। हरेक क्षेत्रमा आरोप सुन्नुपर्ने छ। पाथिभराको सम्झना वा दर्शन गरेमा धेरै समस्याको समाधान हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। अरुको कुरा नसुन्ने बानीले आर्थिक क्षति हुने योग रहेको छ। गुरुको साथ र सहयोग रहने भएकाले इज्जत बढ्नेछ। परिवारसँगको सम्बन्ध राम्रो रहने योग रहेको छ। प्रेम सम्बन्ध रोमाञ्चक बन्नेछ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ०३ बजे

ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ।

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र