यू-१९ विश्वकप : आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग « Khabarhub

यू-१९ विश्वकप : आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली यू-१९ क्रिकेट टोलीले आज आइसिसी यू-१९ विश्वकपको दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुँदैछ।

पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब छ। न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि ३०३ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो । पाकिस्तानलाई हराउन नेपाललाई बलिङ र ब्याटिङमा सुधारिएको प्रदर्शन गर्नैपर्ने चुनौती छ ।

समूह चरणको अन्तिम खेल नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ।

दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू-१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन्। यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन्।

समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्। अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन्। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ। अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।

भारतले सर्वाधिक ५ पटक यू-१९ विश्वकपको उपाधि जित्दा अष्ट्रेलियाले तीन पटक जितेको छ। पाकिस्तानले दुई तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक-एक पटक उपाधि जितेका छन्।

यू-१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। नेपालले गत वर्षको फागुनमा भएको यू’१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो।

यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा, आकाश चन्द।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ४० बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत