पुल निर्माण नहुँदा शुक्लाफाँटाका स्थानीयलाई समस्या « Khabarhub

पुल निर्माण नहुँदा शुक्लाफाँटाका स्थानीयलाई समस्या


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ  । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् ।

अर्को वैकल्पिक सडक नहुँदा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, बिरामीलाई अस्पताल पुर्‍याउनुपर्दा सोही सडक भएर जानुपर्ने अवस्था रहेको स्थानीय धनसिंह ठगुन्नाले बताइ ।

‘चुनावकै बेला प्रचारप्रसार गर्न आएका उम्मेदवारले गाडी सडकमै फस्दा स्थानीयले घचेटेर निकालेका थियौँ’, उनले भने, ‘सडकको दुरावस्था देख्दा उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा पक्की पुल निर्माण गर्ने बाचा गरेका थिए, पुलका लागि सर्भेसम्मको कार्य अझै हुनसकेको छैन ।’

चुनाव जित्ने र हार्ने कोही पनि यस क्षेत्रका बासिन्दाका सुख, दुःखमा साथ दिनका लागि पुग्न नसकेको उनको भनाइ छ । सनवोरा नदी पुरानो बहाव छाड्दै पश्चिमतर्फ भएर बग्दै आएको छ ।

वर्षातका बेला नदीको बहाव उच्च हुँदा पुरानो बहाव क्षेत्रमा पनि बाढीको पानी बग्ने गर्दछ । नदीको पुरानो बहाव क्षेत्रलाई स्थानीयले घरकटुवा खोला पनि भन्ने गरेका छन् ।

नदीको पुरानो बहाव क्षेत्र भएकाले हिउँदमा पनि पूरै हिँडने सडक हिलाम्मे भएको उल्लेख गर्दै उनले हालसम्म कुनै पनि निकायले नहेरेको बताए ।

शुक्लाफाँटा– ८ का वडाध्यक्ष बहादुरसिंह महरा वडाको बजेटले पुल निर्माण गर्न नसकिने बताए । ‘पूरै सडकखण्ड दलदल छ’, उनले भने, ‘ग्राभेल राख्ने अवस्था छैन, अहिले ग्राभेल राखे पनि वर्षातमा पूरै बगेर जान्छ, त्यस क्षेत्रमा पुल नै आवश्यक छ, त्यसका लागि नगरदेखि प्रदेशसम्म गुहारेका छौँ, कुनै पनि निकायले चासो देखाएका छैनन् ।’

यसै क्षेत्र भएर नगर चक्रपथअन्तर्गतको सडक बन्ने भएकाले पुलका लागि पहल गरिनेमा आशावादी रहेको उनको भनाइ छ । पारिफाँटा भमरभोज क्षेत्रमा दुई सय ५० बढी परिवारको बसोबास छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : २२ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई