जापानको व्यापार घाटा ६३ अर्ब डलर « Khabarhub

जापानको व्यापार घाटा ६३ अर्ब डलर


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्यांकले देखाएको छ ।

कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिको सबैभन्दा उच्च स्तर हो । 

कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ ।

यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७.० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको छ ।

बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो निर्यात वृद्धिले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ । लगातार तेस्रो वर्षसम्म व्यापार घाटा भएको क्योदो न्यूजले जनाएको छ ।

डिसेम्बरमा मात्रै निर्यात अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको छ भने आयात ६.८ प्रतिशतले घटेको छ । यसको कारण मासिक व्यापार अधिशेष ६२.१ अर्ब येन पुगेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १२ : १३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई