प्रधानमन्त्री कपमा कोशीको लगातार आठौँ हार « Khabarhub

प्रधानमन्त्री कपमा कोशीको लगातार आठौँ हार


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी प्रधानमन्त्री कपमा कोशी प्रदेशले आठौँ हार बेहोरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेपछि कोशीले लगातार आठौँ हार बेहोरेको हो ।

कोशी प्रदेशले दिएको १२४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २१.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि कोशीले पहिला ब्याटिङ गर्दै ३२ ओभरमा अलआउट भएर १२३ रन बनाएको थियो ।

यो जितपछि सुदूरपश्चिम प्रदेशले ५ खेलमा चौथो जित हासिल गर्दै ८ अंक बनाएको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै कोशी प्रदेशले भने लगातार आठौँ हार बेहोरेको छ । अब सुदूरपश्चिमले अर्को खेल बिहीबार बागमती प्रदेशसँग मूलपानी मैदानमा खेल्ने छ भने कोशी प्रदेशले आफ्नो अन्तिम खेल आउँदो मंगलबार टियु मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ३४ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष