पूर्वका ८ हजार किसानले पाएनन् ६ महिनादेखि दुधको भुक्तानी | Khabarhub Khabarhub

पूर्वका ८ हजार किसानले पाएनन् ६ महिनादेखि दुधको भुक्तानी

‘किसानको ५० करोड बक्यौता, स्टोरमा थन्कियो ३० करोड बढीको उत्पादन’



विराटनगर – कोशी प्रदेशका ८ हजार बढी किसानले ६ महिनादेखि दुधको पैसा नपाएको गुनासो गरेका छन् । विभिन्न सहकारीमार्फत दुग्ध विकास संस्थान (डीडीसी)लाई बेचेको दुधको भुक्तानी नपाउँदा समस्यामा परेको किसानको दुखेसो छ ।

धनकुटा नगरपालिक-१ की किसान शान्ति नेपालको दुध बेचेको भुक्तानी नआउँदा दैनिकी चलाउन समस्या भएको बताइन् । उनले भनिन, ‘मैले धनकुटाको हिलेमा रहेको चञ्चलादेवी बहुउद्देश्यीय दुग्ध उत्पादक सहकारी संस्थालाई दूध बिक्री गदै आएकी छु । तर सहकारीले ६ महिनादेखि पैसा दिएको छैन ।’

आफूहरूको दैनिकी चलाउने मुख्य माध्यम दुध बिक्रीबाट आएको रकम भएको भन्दै उनले लामो समय भुक्तानी नआउँदा गाईं, भैसीलाई दाना, चोकर किन्न पनि समस्या भएको बताइन् ।

धनकुटाकी नेपाल मात्र होइन् । लामो समय दुध बिक्रीबाट रकम नपाएको पीडा इलामकी साबित्रा राउतको पनि छ । दुध बेचेर गुजारा चलाउँदै आएकी राउतले ६ महिनादेखि दुधको भुक्तानी नपाएको बताइन् ।

उनले भनिन, ‘डिडिसीले ६ महिनादेखि दूधको पैसा दिएको छैन । भुक्तानीका लागि अहिलेसम्म छाँटकाँट देखाउँदैन’ राउतले भनिन्,‘ दूधको पैसाले गर्जो टार्ने आशा यस्तै हो भने यो वर्ष निराशामा बित्ला जस्तो छ ।’

नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले दुधको रकम भुक्तानी नगर्दा आफूहरूले किसानलाई दुध बिक्री बापतको रकम दिन नपाएको धनकुटाको सहकारीका व्यवस्थापक भिम मल्लले बताए ।

सहकारीमा आवद्ध एक सय बढी किसानले ६ महिनादेखि भुक्तानी नपाएका भन्दै उनले किसानले सो सङ्कलन केन्द्र मार्फत डिडिसीले खरिद गरेको दूधको ५० लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको जानकारी दिए ।

उनले भने, ‘सरकारी स्वामित्वको संस्थाले दूधको रकम नदिँदा समस्या भएको हो । हामीले संस्थानमा पटक–पटक रकमका लागि ताकेता गरेका पनि छौं । तर, पछिल्लो समय संस्थानले प्रतिनिधिमार्फत दूधको पैसा बराबरको घिउ किनेर कटाउन भनेको छ ।’ डीडीसीले किसानलाई दुग्धजन्य उत्पादन लगेर भुक्तानी कटाउन भनेको भन्दै किसानले आक्रोश पोखेका छन् ।

‘दुग्ध विकास संस्थानलाई दुध बेचेका सहकारीका सदस्य किसानले लामो समयदेखि भुक्तानी पाएका छैनौँ,’ इलामस्थित कन्याम चिलिङ सेन्टरका व्यवस्थापक रविन निरौलाले भने । किसान भुक्तानीका लागि सहकारीमा आए पनि आफूहरूले किसानको भुक्तानी दिन नसकेको उनको भनाई छ ।

अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार कोशी प्रदेशमा दूध दिने गाईको सङ्ख्या ५ लाख १० हजार ३२ छ भने भैँसीको सङ्ख्या २ लाख ८७ हजार ९६८ छ । प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दूध उत्पादन हुने तथ्याङ्कमा उल्लेख छ ।

दैनिक २६ हजार लिटर दुघ सङ्कलन

डिडिसीले विराटनगर आयोजनासहित १० चिस्यान केन्द्रसमेत गरी दैनिक २६ हजार लिटर दुध सङ्कलन गदै आएको छ । त्यसैगरी अन्तर आयोजना ढल्केवर र हेटौडाबाट थप २१ हजार लिटर दुध विराटनगर आयोजनामा आउने गरेको छ ।

उसले ती किसानबाट खरिद गरेको ६ महिनाको ५० करोड रुपैयाँ बढी सहकारी मार्फत किसानलाई भुक्तानी दिन बाँकी रहेको  जनाएको छ  । आयोजनाले विभिन्न सहकारी मार्फत इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दुध सङ्कलन गर्दै आएको छ । जसमा कोशी प्रदेशका ती जिल्लामा ८ हजार बढी किसानहरू आवद्ध छन् ।

दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख परमेश्वर चौधरीले किसानबाट खरिद गरिएको दूधको उत्पादन व्यापारमा आएको ह्रासका कारण किसानहरूलाई समयमै भुक्तानी दिन समस्या भएको बताए ।

उनले अहिले पनि ठुलो मात्रमा दुग्धजन्य उत्पादन आयोजनामा स्टोरमा लामो समयदेखि थन्किएका कारण किसानलाई गएको साउनयता भुक्तानी दिन नसकिएको बताए ।

स्टोरमा थन्कियो ३० करोड बढीको दुग्धजन्य पदार्थ

चौधरीले पछिल्लो समय घ्यू बिक्री नभएको र बढी भएको दुधबाट (धुलो दुध) बनाएर राख्नु पर्दा चालु पुँजी अभाव भएको बताए । अहिले पनि  साढे ३० करोड रुपैयाँको  धुलो दुध, मक्खन र घ्यू विराटनगर आयोजनामा स्टक रहेको उनले बताए ।

गएको जेठ यता ६ करोड रुपैयाँ बराबरको ५० टन बढी  धुलो दुधको पाउडर, ११ करोड मूल्य बराबरको ९० मेट्रिक टन मक्खन, साढे ९ करोड मूल्यको ८ मेट्रिक टन घ्यू स्टोरमा रहेका जानकारी दिए ।

आयोजना प्रमुख चौधरीले यस अघि विभिन्न सहकारी मार्फत किसानबाट खरिद गरेको दूधको पैसा पाक्षिक रूपमा उपलब्ध गराउँदै आएको थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : २० बजे

बाढीपहिरो पीडित लाभग्राहीको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

ललितपुर– गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

श्रीलंकाको विकासमा सहयोग गर्न भारत प्रतिवद्ध

काठमाडौं– श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले श्रीलंकाका लागि भारतका

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि